किङडमको दुवै टोली क्वाटरफाइनलमा



काठमाडौं । 

किङडमको ब्वाइज \गर्ल्स दुवै टोली सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

सिनियर गर्ल्समा किङडमले न्युटनलाई २३–१३ ले पराजित गर्‍यो। किङडमको जितमा दावा तामाङले ९ अंक योगदान गरिन्। जुनियर ब्वाइजमा लोप्साङ लामाको ८ अंक सहयोगमा किङडमले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३४–२२ ले हरायो ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा टीआईए र ग्रिनल्यान्ड क्वाटरफाइनलमा पुगे। टीआईएले लालीगुराँस नेसनल एकेडेमीलाई १५–७ ले पराजित गर्‍यो। टीआईएकी अन्जली शाहीले ५ स्कोर गरिन्। ग्रिनल्यान्डले ल्यान्डमार्कलाई १४–९ ले पन्छायो । विजेताकी बिहानी राईले ६ अंक जोडिन्।

जुनियर ब्वाइजमा जीवन ज्योतिले फ्लोरोसेन्टलाई १७–१० तथा गोल्डेनपिकले जेबी स्कुललाई २३–१५ ले पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे। जीवन ज्योतिका साराङ गुरुङले ५ तथा गोल्डेनपिकका संस्कार पाठकले ११ अंक जोडे। जुनियर ब्वाइजकै लिगमा ग्रिनल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १७–१० ले पन्छायो । ग्रिनल्यान्डका विश्वास केसीले ८ स्कोर गरे।

प्रतिक्रिया दिनुहोस्