बलात्कारीलाई ७ वर्ष कैद फैसला 



धादिङ ।

१८ वर्षीया बालिकालाई जबरजस्ती करणी  गरेको कसुरमा सिद्धलेक गाउँपालिका-२ का २४ वर्षीय संजय नेपालीलाई  जिल्ला अदालत धादिङले   ७ वर्ष कैद गरी  ३ लाख जरिवाना गर्ने  सजाय फैसला गरेको छ ।

जिल्ला न्यायाधीश गीता श्रेष्ठकाे इजलासले जेठ १७ गते उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताए । कसुरदार नेपालीले ०८० माघ  २३ गते बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई ०८० फागुन ४ गते गिरफ्तार गरी  मुद्दा चलाएको थियो । बालिकाको स्वास्थ्य परीक्षण फागुन ४ गते  धादिङ अस्पतालमा गरिएको थियो।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयको सहयोगमा आरोपितविरुद्ध जिल्ला अदालतमा ०८० फागुन  २३ गते  जबरजस्ती करणीको अभियोगमा मुद्दा दर्ता गरेको थियो  ।

जिल्ला अदालतको फागुन २४ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएकाे थियो । कसुरदारई ३ लाख जरिवाना गरी  ७ वर्ष कैद गर्ने फैसला गरी  पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति दिलाउने फैसला भएको श्रेस्तेदार भण्डारीकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस्