नीलकण्ठ नगरपालिकाको बजेट १ अर्व १९ करोड, उत्पादनमा आधारित अनुदान, एकवडा एक उत्पादनमा जोड



धादिङ ।

नीलकण्ठ नगरपालिका धादिङले शनिवार दोस्रो नगर सभाको पाँचौँ अधिवेशनले नगरपालिकाको बजेट १ अरब १९ करोड प्रस्तुत गरेको छ ।
नीलकण्ठ नगरपालिका  उपप्रमुख दीपक विश्वकर्माले नगर सभाको अधिवेशनमा कार्यपालिकाबाट आव ०८१।८२ का लागि पारित गरेको चालुतर्फ ८७ करोड ९४ लाख ८४ हजार चारसय रुपैयाँ र पुँजीगत तर्फ ३१ करोड पाँच लाख १७ हजार रुपैयाँको  बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले बजेट प्रस्तुत गर्नु अघि नै नगरपालिकाले नीति कार्यक्रम र बजेट ल्याएका कारण प्रदेश सरकारले बजेट कति पठाउँछ भन्ने यकिन नभएकोले प्रदेश सरकारको बजेट आएपछि नगर सभाको बैठक बसी पारित गर्नेगरि बजेट प्रस्तुत गरिएकोले सुरु भएको नगर सभाको अधिवेशन स्थगित गरिएको थियो ।

संघीय सरकारको समानिकरण अनुदान २१ करोड २१ लाख ४५ हजार,  ससर्त अनुदान ४६ करोड ७५ लाख ६० हजार, समपूरक अनुदान १ करोड ४० लाख, राजश्व बाँडफाँड १४ करोड ९० लाख, बागमती प्रदेश सरकारको समानिकरण अनुदान २ करोड ३८ लाख ७२ हजार, ससर्त अनुदान ३ करोड ७० लाख २ हजार, समपूरक अनुदान ३ करोड, विशेष अनुदान १ करोड, राजश्व बाँडफाँड ६करोड ५९ लाख, २२ हजार ४ सय हुने अनुमान गरिएको छ । यसैगरि आन्तरिक तर्फ आन्तरिक राजश्व ५ करोड, मालपोत ३ करोड, अल्या रकम १० करोड ५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गर्दै उपप्रमुख विश्वकर्माले १ अरब १९ करोड १ हजार ४ सय को बजेट प्रस्तुत गर्नुभएको हो ।

गत आर्थिक वर्षमा नगरपालिकाले १ अरब २४ करोड ७ लाख ९३ हजार २ सय २३ रुपैयाँको बजेट विनियोजन गरेकोमा ६० दशमलब ४१ प्रतिशतमात्र बजेट खर्च गरेको बजेट समीक्षामा उल्लेख गरिएको छ । आन्तरिक आय ६करोड अनुमान गरिएकोमा ४८ दशमलब ४७ प्रतिशत, संघीय सरकारको राजश्व बाँडफाँडतर्फ १४ करोड ३ लाख ९४ हजार मध्ये ७३ दशमलब ९६ प्रतिशत, प्रदेश सरकारको राजश्व ब्ाँडप्ःाँडत्प्र्ः ६करोड ६४ लाख ९६ हजार ४ सय ७८ अनुमान गरिएकोमा ७३ दशमलब ५ प्रतिशत र मालपोत बाँडफाँड तर्फ २ करोड अनुमान गरिएकोमा ८४ प्रतिशत मात्र नीलकण्ठ नगरपालिकाले आम्दानी गर्दा कयौँ योजना गरिएका कार्यक्रम समेत नभएको बजेट समीक्षामा उल्लेख छ ।

यसअघि नगर सभाका अध्यक्ष तथा नीलकण्ठ नगरपालिका अध्यक्ष भिमप्रसाद ढुंगानाले आर्थिक वर्ष ०८१।८२ का लागि ४१ बुंदे   नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

उत्पादनमा आधारित अनुदान कार्यक्रम, मोबाइल भेटनरी सेवा, रासायनिक मल विस्थापन गरिप्रांगारिक मल जोड दिने, युवासँग  उपमेयर कार्यक्रम, नगरपालिकाको ९० प्रतिशत पशु बिमा कार्यक्रम कार्यान्वयन, एक वडा एक उत्पादन, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षा लागु गरिने, निःशुल्क शिक्षा कोष स्थापना गरिने, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, ज्येष्ठ नागरिकलाई घरदैलो सेवा, एक वडा एक उत्पादन, धादिङबेसी खानेपानीका लागि भर्‍याङभुरुङ मुहानको सम्भाव्यता अध्यायन गरिने, घरबाट नै फोहोर वर्गीकरण गरिने, महिलाका लागि महिला जनप्रतिनिधि कार्यमा, विद्युतीय नक्सापास प्रणाली लागु गर्ने जस्ता नीति कार्यक्रममा समावेश छन् ।

धादिङबेसी करिडोर र तिर्खामुक्त नगर बनाउने पहिलो निर्णयबारे आगामी कार्यक्रममा कुरा नगर्ने भन्दै मेयर ढुंगानाले पहेँलो कार्ड भएका अपाङ्गता भएकाहरूको ६० प्रतिशत स्वास्थ्य बिमाको रकम नगरपालिकाले व्यहोने, मेयर उद्यमशीलता जस्ता प्रभाकारी कार्यक्रम समेत नीति तथा कार्यक्रममा समाबेस गरिएको छ  ।

बिहान ११ बजे बोलाइएको नीलकण्ठ नगरपालिकाको नगरसभा नगरप्रमुखले एकलौटी गर्न खोजेको भन्दै उपप्रमुख र केही वडा अध्यक्षहरुले विरोध जनाएका कारण साँढे तिन घण्टापछि मात्र सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्