लुम्बिनीको बजेट  ३८ अर्ब ९७ करोड ९५ लाख 



बुटवल।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ को लागि ३८ अर्ब ९७ करोड ९५ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आगामी आवका लागि राजश्व र व्ययको वार्षिक अनुमानित बजेट पेस गर्नु भएको हो ।

मन्त्री आचार्यका अनुसार चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ प्रतिशत रकम बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६६ प्रतिशत बराबरको बजेट बिनियोजन गरिएको छ ।

 यस्तै बित्तिय हस्तान्तरणतर्फ ३ अर्ब १४ करो १३ लाख १६ हजार अर्थात् ८ दशमलव ०६ प्रतिशत रकम बिनियोजन गरिएको मन्त्री आचार्यले प्रस्तुत गरेको बजेट बक्तब्यमा उल्लेख छ । आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ । आगामी आवकोे बजेट चालू आर्थिक वर्षको भन्दा १ अर्ब ५१ करोड रूपैयाँले कम हो ।

 चालू आ.वको लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।  प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ १ करोड ४ लाख ६४ हजार विनियोजन गरिएको छ । बजेटले कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याएको प्रदेश सरकारले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्