प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

168
Shares

काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा आज पनि बिनियोजन विधेयकमाथिको छलफल जारी रहने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ। आज विभिन्न चार मन्त्रालयका शीर्षकहरूमाथि छलफल हुने छ।

जसमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका बजेटमाथि छलफल हुने छ । त्यस्तै आज विभिन्न सांसदहरूले खर्च कटौतीको प्रस्ताव समेत पेस गर्ने कार्यसूची रहेको छ।

जुन यस प्रकार छन्: 

१- प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र संस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

२- डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय; खानेपानी मन्त्रालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; र संस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

३- नागिना यादवले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

४- तेजुलाल चौधरीले “विनियोजन विधेयक, २०८१ अन्तर्गत खानेपानी मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

५- मैना कार्कीले “विनियोजन विधेयक, २०८१ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

६- रोशन कार्कीले “विनियोजन विधेयक, २०८१ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

७- राजेन्द्र बजगाइले “विनियोजन विधेयक, २०८१ अन्तर्गत संस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।

८- डा. धवलशमशेर जङ्गबहादुर राणाले “विनियोजन विधेयक, २०८१ अन्तर्गत संस्कृति; पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने ।