विद्यालय घटुवाविरुद्ध अभिभावको धर्ना, वडा अध्यक्षले माइनुट च्याते



धादिङ ।

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा वडा नम्बर ७ का अभिभावकहरुले बुधबार विद्यालय घटुवाविरद्ध धर्ना दिएका छन् ।
त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर ७ स्थित जनज्योति आधारभुत विद्यालय र जलजले आधारभुत विद्यालयको कक्षा घटुवा गरिएको विरोधमा अभिभावकहरुले विद्यार्थीहरुलाई विद्यालय जान टाढा हुने भएकोले संख्या थोरै भएपनि विद्यालय घटुवा गर्ननहुने माग गर्दै गाउँपालिकामा धर्ना दिएका हुन् ।

जलजले आवि कक्षा ८ बाट कक्षा ५ मा घटुवा गरिएको छ भने जलजले आवि यस वर्ष कक्षा ४ बाट कक्षा ३ मा घटुवा गरिएकोले अन्यायपूर्ण भएकोले अभिभावको तर्फबाट आफूले निर्णय नमान्ने र विद्यालय घटुवा गर्न नपाउने भन्दै बहुमतको आधारमा कार्यपालिकाले विभेदपूर्ण निर्णय गरेको भन्दै वडा अध्यक्ष सुवास अधिकारी दर्पणले पालिकाभर एकै किसिमको नियम लागू  नगरेकोले भेदभाव गरेको आरोप लगाउँदै प्रेस विज्ञप्ती समेत प्रकाशन गर्नुभएको थियो  ।

जलजले आविमा गत वर्ष कक्षा ५ बाट कक्षा ४ मा घटुवा गरिएको थियो भने यस वर्ष कक्षा ४ बाट कक्षा ३ मा घटुवा गरिएको हो । जलजले आविमा ३० जना विद्यार्थी छन् भने जनज्योति आविमा २५ जना मात्र विद्यार्थी रहेको वडा अध्यक्ष अधिकारीको भनाइ छ ।

त्रिपुरासुन्दरी गाउँपलिका गाउँ शिक्षा समितिको ०८१ जेठ २५ गतेको निर्णय पुस्तिका र जेड २९ गतेको गाउँकार्यपालिकाको निर्णय कर्मचारीसंग मागेर विभेदपूर्ण निर्णय गरेको भन्दै आफूले नष्ट गरिदिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

जबरजस्ती माइनुट मागेर निर्णय पुस्तिका च्यातिएको भन्दै गाउँपालिकाले प्रेस विज्ञप्ती प्रकाशन गरि घटनाको खेद व्यक्त गरेको छ ।

घटनको सम्बन्धमा गाउँपालिका अध्यक्ष राजु उप्रेतीले गर्न नहुने र वार्ता सम्बादबाट जनप्रतिनिधिले समस्या समाधान गर्नु पर्नेमा नगरी माइनुट च्यात्ने काम भएकोले अब वडा अध्यक्षविरुद्ध कानूनी सहयोग लिइने बताएका छन् ।

शैक्षिक सत्र सुरुहुनु अघि विद्यालय घटुवा गर्नु पर्नेभए पहिल्यै गर्नुपर्ने व्यवस्था भएपनि त्रिपुरासुन्दरी गाउँपालिकाले भरखरै निर्णय गरी  लागू  गरेकोमा समेत अभिभावकहरु आक्रोसित भएका छन् ।

माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने भन्दै विद्यार्थीहरुलाई एकघण्टाभन्दा बढी समय लाग्ने गरी  टाढा विद्यालय भएकोले साना बच्चाहरु अहिले समयमा विद्यालय जान समेत समस्या पर्नेगरि भएको विद्यालय घटुवाको निर्णय फिर्ता लिन निरन्तर आन्दोलन गरिरहने अभिभावकहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्