वीरगन्जको विभिन्न ठाउँमा रहेका गोदाममा सशस्त्र प्रहरीको छापा

४४ लाख बढीको अवैध सामान बरामद



काठमाडौँ। 

सशस्त्र प्रहरी बलले पर्सास्थित वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायत वीरगन्जको विभिन्न ठाउँबाट मंगलबार राती अवैध गोदाममा छापा मारेर ४४ लाख बढीको अवैध सामान नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको सुरक्षा फौजले वीरगन्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा अवैध रुपले राखिएको गोदाममा छापा मारेर सौन्दर्य क्रिम, मुङ दाल, मोटर पाटर््स तथा अन्य अवैध सामान बरामद गरेको हो ।

बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्राण्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्राण्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ । यस्तै मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।

यसैगरी मंगलबार राती नै सोही गुल्मले वीरगन्ज महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पाटर््स र १० लाख ७५ हजार मुल्य बराबरको किराना सामान समेत बरामद गरेको छ । बरामद सामान बुधवार बिहान आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्