संसद बैठक आज पनि बस्दै, विनियोजन विधेयकमा छलफल जारी रहने

658
Shares

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा मङ्गलवारदेखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा छलफल जारी रहने छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ। त्यस्तै विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत पेश हुने तालिका रहेको छ।