टी-२० विश्वकप: पाकिस्तानको पहिलो जित



काठमाडौं ।

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले पहिलो जित दर्ता गरेको छ। गएराति सम्पन्न खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।

क्यानडाले दिएको १०७ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। पाकिस्तानका लागि मोहमद रिजवानले अविजित ५३ रन बनाएका थिए भने कप्तान बाबर आजमले ३३ रन बनाएका थिए। यस अघि पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनाएको थियो।

समूह ए अन्तर्गत पाकिस्तानको यो तेस्रो खेलमा पहिलो जित हो। त्यस्तै क्यानडाले आफ्नो तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ। यस समूहमा भारत र अमेरिकाले २-२ खेल जितेर ४-४ अङ्क हासिल गरेका छन् र पहिलो र दोस्रो स्थानमा छन्। अब पाकिस्तानले जुन १६ मा आयरल्याण्डसँग खेल्ने तालिका छ भने क्यानडाले जुन १५ मा भारतसँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्