वर्षा बाधक बनेपछि नेपाल र श्रीलङ्काबीचको खेल रद्द

364
Shares

काठमाडौं ।

टी-२० विश्वकप अन्तर्गत बुधबार हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज बिहान हुने भनिएको खेल वर्षाका कारण रद्द  भएको हो।

वर्षाका कारण खेलको टससमेत हुन नसकेपछि दुवै टिम १-१ अंक बाँड्न बाध्य भए। नेपाल २ खेलबाट १ अंक जोड्दै चौथो स्थानमा छ। समूह चरणको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो।

खेल रद्द भएसँगै श्रीलंकाको अन्तिम ८ मा पुग्ने सम्भावना भने सकिएको छ। तीन खेलबाट १ अंक बनाएको श्रीलंका अंकतालिकाको पुछारमा छ। श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो।

अब समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जाने छ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।