‘मध्यावधि टार्न मुख्यमन्त्रीलाई विश्वासको मत दिए’



कास्की।

नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले प्रदेश सभा जोगाउन र मध्यावधि टार्न मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेश सभामा विश्वासको मत लिँदा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले फ्लोर क्रस गरेका थिए । यससँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देवकोटाले प्रदेश सभालाई बचाउन पार्टीको निर्णय अनुसार विश्वासको मत दिएको बताए ।

निर्णायक रहेका पार्टीहरूले साथ दिएको बेला आफूले मत दिँदा सरकारसँगै प्रदेश सभा जोगिने देखेको र गण्डकी प्रदेश सभा बचाउनु मेरो पनि दायित्व सम्झेर मैले पार्टी केन्द्र र प्रदेशको निर्णय मुताबिक मत दिएको हुँ ।

प्रतिक्रिया दिनुहोस्