वेस्ट इन्डिज पुगेर सन्दीपले भने- सबै क्रिकेटप्रेमीको सपना पूरा गर्न तत्पर छु

5.36k
Shares

काठमाडौं ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेस्टइन्डिज पुगेका छन्। विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेश विरूद्धको खेलमा सहभागी हुन वेस्ट इन्डिज पुगेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू वेस्ट इन्डिज पुगेको जानकारी दिए। विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका उनले आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको बताएका छन्।

साथै आफ्नो यात्रा सहज बनाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दासलगायतलाई उनले धन्यवादसमेत दिए। उनले आफ्नो भिसासम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न आग्रह गरे।