नक्कली नोटसहित काठमाडौँबाट दुई महिला पक्राउ

8.65k
Shares

काठमाडौँ।

काठमाडौं महानगरपालिका–१४ कलंकीमा ५ लाख १४ हजार रुपैयाँ नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन्।

चिया पसल सञ्चालन गरी बस्ने तारादेवी डंगोललाई नेपाली एक हजार दरको ५ सय १४ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला परेपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा नागार्जुन न.पा. वडा नं. ५ बस्ने ४१ वर्षीया निलम श्रेष्ठकोसमेत संलग्नता दमेखएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।