धादिङका १३ पालिकामा एमाले अधिवेशन सम्पन्न

त्रिपुरासुन्दरीमा श्रेष्ठ सर्वसम्मत



धादिङ ।

नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका अधिवेशन सल्यानटारमा शनिवार बाबुकृष्ण श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गर्दै सम्पन्न भएको छ।
३९ सदस्यीय पालिका कमिटीको  उपाध्यक्षमा कमल थापा, सचिवमा राजुराना, उपसचिवमा सङ्गीता कुमाल, शिशिर दनै सर्वैसम्मत रुपमा निर्वाचित भएका छन्।

नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले मिसन ८४ का लागि लागि परेको बताए ।
एमालेले धादिङका १३ पालिकाको अधिवेशन सम्पन्न गरिसकेकोले मिसन ८४ मा एमाले अब्बल बनेर जनताको लागि काम गर्ने बताए ।
नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले गाउँमा विकास गर्न सकिन्छ भनेर सुरुवात गरेको बताउँदै आगामी निर्वाचनमा एमालेले  सबै क्षेत्रमा जित्ने दावी गरे ।

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जनताको बहुदलीय जनवादलाई व्यवहारिक रुपमा लागुगर्दै जनताको पक्षमा एमालेले जति काम कसैले पनि नगर्ने ठोकुवा गरे ।
नेकपा एमाले संगठन सुदृढीकरणमा देशभरमै अब्बल भएको बताउँदै धादिङका एक सय ४ वडा मध्ये ५६वडा अधिवेशन समेत सम्पन्न भइसकेको बताए ।

नेकपा एमाले धादिङले आफ्ना १३ पालिकाको अधिवेशन सम्पन्न गरी  केही पालिकामा बाहेक सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

नेकपा एमाले गल्छी गाउँपालिकाको अध्यक्षमा राजकुमार रिमाल, गजुरी गाउँपालिकाको अध्यक्षमा रामचन्द्र मिजार, बेनिघाटरोराङको अध्यक्षमा राजकुमार त्रिपाठी, सिद्धलेक गाउँपालिका अध्यक्षमा रामहरी बराकोटी, ज्वालामूखी गाउँपालिका  कमिटी  अध्यक्षमा गंगाबहादुर अधिकारी (ध्रुुब), नीलकण्ठ नगरपालिकाको अध्यक्षमा काजी श्रेष्ठ, धुनीबेसी नगरपालिकाको अध्यक्षमा दिनेश बास्कोटा, थाक्रे गाउँपालिका अध्यक्षमा गणेशमान वाइबा, खनियाबास गाउँपालिका अध्यक्षमा उर्गेनवती तामाङ, गंगाजमुना गाउँपालिका अध्यक्षमा नवराज ढकाल र रुबीभ्याली गाउँपालिका अध्यक्षमा नरमान तामाङ निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्