नक्कली नोटसहित काठमाडौँबाट एक महिला पक्राउ

1.3k
Shares

काठमाडौं।

काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।