जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ



बर्दिया।

गुलरिया नगरपालिका-२ स्थित हिना राइस मिल पछाडि सगुनको रुखहरूको बिचमा जुवातास खेलिरहेको अवस्थामा राजापुर नगरपालिका-६ बस्ने ५२ वर्षीय धुबु देवकोटा समेत ७ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३१ हजार २ सय ५ रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्