अपाङ्गता भएका व्यक्ति राज्यको प्राथमिकतामा पर्नुपर्छ


काठमाडाैं  । 
नेपालमा अपाङ्गता भएका व्यक्ति राज्यको प्राथमिकतामा नपरेको र यस विषयमा मिडिया मार्फत आम जनमानसमा सन्देश फैलाई नागरिकलाई सचेत गराउँने उदेश्यले आयोजित एक कार्यक्रममा अपाङ्गता भएका व्यक्ति पनि यहि देशका नागरिक हुन र उनीहरुको पनि समान रुपमा बाच्न पाउँने अधिकारको रक्षाका लागि सरकारको ध्यानाकर्षण गराईयो ।
नेत्रहिन युवा सङ्घ नेपालले आयोजना गरेको मिडियाकर्मीहरुका लागी अपाङ्गता अभिमुखिकरण कार्यक्रममा सरकारको भूमिका र नागरिकको अधिकारका बिषयमा अन्तरक्रिया गरि सहभागीहरुले आ आफ्नो तर्फबाट अपाङ्गता भएका व्यक्तिहरुले गर्ने व्यवहार र मिडियामा प्रयोग गर्ने शब्द सुधारका बिषयमा सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरियो ।
 कार्यशालाले एकातर्फ सहभागीहरूको बिचमा अपाङ्गता र यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा समुबुझाई कायम भएको छ भने अर्कोतर्फ अपाङ्गता भएका बालबालिका तथा युवाहरूको सवाल र मुद्दाहरूलाई मिडियामार्फत कसरि मूल प्रवाहिकरण गर्न सकिन्छ भन्ने सम्बन्धमा मार्गनिर्देश गरेको नेत्रहिन युवा संघ नेपालका संस्थापक अध्यक्ष कलाधर भण्डारीले बताउँनुभयो । उहाँले मिडियाकर्मीहरुले दिनुभएको सल्लाह, सुझाव र प्रतिवद्धताहरूबाट निकै उत्साहित भएका छौँ र आगामी दिनहरूमा यहाँहरूसँग निरन्तर रूपमा सम्पर्कमा रहि सहकार्यका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ भने ।
सोही अवसरमा युवासंघ नेपालका निरु बहादुर श्रेष्ठले अपांङ्ता भएका व्यक्तिहरुको शैक्षिक, सामाजिक, आर्थिक, शैक्षिक लगायत बृहत यौनिक शिक्षा, प्रजनन स्वास्थ्य अधिकारका बिषयमा समाज र सरकार सचेत नभएको बताउँनुभयो । उहाँले कतिपय अवस्थामा अपाङ्ता भएका व्यक्तिहरुका मनोभावना बुझ्दैनन् । कतिपय अवस्थामा के गर्न हुन्छ के गर्न हुन्न थाहै नपाई अपाङ्ता भएका तथा दृष्टिविहिन व्यक्तिहरुले उमेरसँगै आउँनै यौनिक परिवर्तनलाई खुल्ला ठाउँ अर्थात् मानिसको भिडमा बसेर हस्तमैथुन गर्ने जस्ता कार्य गर्ने गरेको घटना छन् ।
यस्तो अवस्थामा समाजले ती व्यक्तिलाई घृणाको दृष्टिले हेर्छन तर उनीहरुले त्यस बिषयमा शिक्षा नै नपाएका कारण यस्ता कार्य भएको हो र अपाङ्ता भएका व्यक्तिको पनि अरु सरहनै अधिकारको सुरक्षा गर्नुपर्छ भन्ने बिषयमा सरकारले ध्यान नदिदा समाजले घृणाको दृष्टिले हेर्छन । उनीहरुलाई व्यवस्थित र मर्यादित बन्न प्रेरित गर्ने दायित्व राज्य र सम्पूर्ण मानव जातिको हो भने ।
अपाङ्ता भनेको शारिरीक, मानसिक, बौद्धिक, इन्द्रियतामा भएको अपाङ्ताको अवस्था हो । त्यसैले उनीहरुको अनुकुलताको परिवेश भयो भने त्यस्ता व्यक्तिलाई पनि सहजीकरण गर्छ । विद्यमान भौतिक संरचना, विधि, प्रविधिले समस्याको समाधान हुन्छ । पहिला धार्मिक दोष भन्दै बिचरा भनी कल्याणकारी धारणाले हेरिन्थ्यो अहिले चिकित्सा विज्ञानले छुट्टै परिभाषा दिनुका साथै अपाङ्ता भएका व्यक्तिलाई पनि सपाङ्गता सरह व्यवहार गरि सँगसँगै लैजानुपर्छ । यो नै सही तरिका हो भनिएकोछ भण्डारी भने ।
वि.सं. २०७८ सालमा गरेको राष्ट्रिय जनगणना अनुसार नेपालमा ०–१९ वर्ष उमेर समूहका अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीको जनसंख्या १ लाख ६७ हजार ४ सय २९ रहेको छ । जसमध्ये सबैभन्दा बढी ९ हजार २ सय ८२ जना १५–१९ बर्षका बालबालिका तथा किशोरकिशोरीहरू लुम्बिनी प्रदेशका रहेका छन् भने कोशी प्रदेशमा ७ हजार ८ सय ७४ जना अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरीहरू रहेका छन् । त्यस्तै सबैभन्दा कम कर्णाली प्रदेशमा ४ हजार ८ सय ३९ जना रहेका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार नेपालमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म कुल ५५ हजार ६६ जना अपाङ्गता भएका विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । यो तथ्याङ्कले लगभग एक तिहाइ संख्यामा मात्र अपाङ्गता भएका बालबालिका र किशोरकिशोरीहरू विद्यालयको शिक्षाको पहुँचभित्र छन् भने बाँकी २ तिहाइ अपाङ्गता भएका बालबालिका तथा किशोरकिशोरहरू अझै पनि औपचारिक शिक्षा पाउनबाट वञ्चित रहेको अवस्था देखाउँछ ।
 शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार वि.स. २०८० साल सम्म विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थीलाई अध्ययन अध्यापन गराउन विशेष विद्यालय ३३ वटा, बहिरा विद्यार्थीका लागि विशेष–स्रोत कक्षा १ सय ३५ वटा, दृष्टिविहीन विद्यार्थीका लागि विशेष स्रोत कक्षा ७९ वटा, बौध्दिक अपाङ्गता भएका विद्यार्थीका लागि विशेष स्रोत कक्षा १ सय २३ वटा, र एकीकृत विद्यालय  २३ वटा गरी जम्मा ३ सय ९३ वटा विद्यालय नेपालभर सञ्चालित छन् ।
एक लाख ५० हजार भन्दा ज्यादा संख्यामा रहेका अपाङ्गता भएका २० वर्ष मूनिका विद्यालय जाने उमेरका विद्यार्थीलाई औसतमा ४ सय २० विद्यार्थी प्रति विद्यालय पर्न जान्छ । तर हाल प्रति विद्यालय औसतमा १ सय ४० मात्र अपाङ्गता भएका विद्यार्थीहरू विद्यालयमा अध्ययन गरिरहेका छन् । यसले थप के पुष्टि गर्दछ भने अपाङ्गता भएका केवल ३३% विद्यार्थीहरू विद्यालय शिक्षा प्राप्त गरिरहेका छन् भने बाँकी ६७% विद्यालय शिक्षाबाट वञ्चित छन् ।
त्यसमा पनि बृहत् यौनिकता शिक्षा यौनिकतासम्बन्धी ज्ञान, संवेग, शारीरिक र सामाजिक पक्षहरूको सिकाइ प्रक्रिया पाठ्यक्रममा आधारित हुन्छ । यसले बालबालिका, किशोरकिशोरी तथा युवायुवतीहरूको ज्ञान, मनोवृति, सीप, र मूल्यहरूसम्बन्धी निम्न कुराहरूमा सक्षम र सशक्त बनाउँछ । किशोरकिशोरीहरूलाई आफ्नो शरीर र यौनिक तथा प्रजनन स्वास्थ्यप्रति सचेत रहन र निर्णय लिन सिकाउँनुपर्छ ।
किशोरकिशोरीहरूको यौनिक जीवनलाई वर्तमान र भविष्यमा स्वस्थकर बनाउने तर्फ ध्यान दिनुपर्छ । समाजमा आफ्नो सम्मान भएको र अरूसँग राम्रो सम्बन्ध राख्न सक्षम भएको अनुभव गर्न सक्ने वातावरण हुनुपर्छ । आफ्नो यौनिक व्यवहारले आफ्नो र अरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्दैन भनि ढुक्क हुनसक्ने क्षमताको बिकास हुने शिक्षा दिनुपर्छ ।
यस्ता शिक्षाले आफ्नो र अरूको अधिकार सुरक्षित र सुनिश्चित गर्न, एचआइभी एड्स लगायतका यौन सङ्क्रमणहरू, अनिच्छित गर्भधारण, शोषण तथा हिंसायुक्त यौनिक व्यवहारहरू तथा यौनिक दुर्व्यवहारहरूलाई घटाउन मदत गर्छ । बृहत् यौनिकता शिक्षाः उमेर विशेष, सांस्कृतिक रूपमा स्वीकार्य, बैज्ञानिक र तथ्यपरक सूचनामा आधारित, विद्यालय भित्र र बाहिर दिन सकिने पाठ्यक्रममा आधारित शिक्षा हो ।
यो अधिकारमा आधारित र लैङ्गीकतामा केन्द्रित विषय हो । यसले विभिन्न समूह जस्तैः महिला, पुरुष, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका, युवा, आदिलाई विशेष रूपमा समावेश गर्दछ । यो शिक्षाले सम्बन्धहरू, मूल्य, अधिकार, संस्कृति र यौनिकता, लैङ्गिकताको बुझाइ, हिंसा र सुरक्षित रहनु, स्वास्थ्य र निरोगिताका सिप, मानव शरीर र विकास, यौनिक व्यवहार र यौनिक अभिमुखीकरण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका बिषयलाई बृहत् यौनिकता शिक्षाको महत्त्वका रुपमा बुझाउँन सकिने पनि जानकारी गराईयो ।
विश्व स्वास्थ्य सङ्गठन, यूएनएड, डोगलस किर्बी आदिले गरेको अध्ययन र बैज्ञानिक लेख समीक्षाका अनुसार बृहत यौनिकता शिक्षा लागू भएका देशहरुमा कम उमेरमै विवाह हुने, छिट्टै सन्तान जन्मने, जन्मान्तरको समय कम हुने, दीर्घकालीन यौनिक तथा प्रजनन स्वास्थ्यका समस्या हुने, सूर्ति तथा लागुपदार्थको प्रयोग बढ्ने, असुरक्षित यौन सम्पर्क, अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन, एचआईभी एड्स लगायत अन्य यौनजन्य सङ्क्रमण र यौन अपराधजस्ता बिभिन्न समस्याहरूमा कमी आएको तथ्यले पुष्टि भैसकेको पनि भण्डारीले जानकारी गराए ।
अपाङ्ता भएका व्यक्तिको अधिकारका लागि कानुनी प्रतिवद्धताहरू यसप्रकार रहेका छन्:
नेपालको संविधान, २०७२
 अपाङ्गता भएका व्यक्तीहरूको अधिकारसम्बन्धी ऐन, २०७४
 सुरक्षित मात्रित्व तथा प्रजनन् स्वास्थ्य ऐन, २०७५
 अपाङ्गता भएका व्यक्तीहरूको अधिकारसम्बन्धी महासन्धी
 जनसङ्ख्या र विकास सम्बन्धी विश्वव्यापी सम्मेलन
 किशोरकिशोरी स्वास्थ्य रणनीति, २०७५
 अपाङ्गतामैत्री सुरक्षित मात्रित्व तथा प्रजनन् स्वास्थ्य निर्देशिका, २०७९
वर्तमान अवस्था 
शिक्षा तथा सुचनामा पहुँचविद्यालय पाठ्यक्रममा बृहत् यौनिकता शिक्षासम्बन्धी विभिन्न विषयवस्तूहरू कक्षा ४–१२ मा समेटिएकोछ ।  बृहत् यौनिकता शिक्षाको महत्व र आवश्यकताको बारेमा चेतना अभिवृद्धी भएको, यस सम्बन्धमा विभिन्न शैक्षिक सामाग्रीहरू विकास र वितरण भइरहेको, पहुँचयुक्त ढाँचा र भाषामा पनि सामाग्रीहरू बन्न सुरु गरेको, विभिन्न सङ्घसंस्थाहरूले विद्यालय क्लब, किशोरकिशोरी सञ्जाल, दौँतरि शिक्षा आदि कार्यक्रममार्फत यस कार्यक्रमलाई प्रवर्धन गरिरहेको, गत वर्ष आयोजना गरिएको बृहत् यौनिकता शिक्षा सम्बन्धी राष्ट्रीय सम्मेलनले सम्बन्धित सरोकारवाला निकायहरूलाई थप जिम्मेवार बनाएको, अपाङ्गता भएका बालबालिकाहरूको पहुँच सिमित रूपमा रहेको, पहुँचयुक्त ढाँचामा अध्ययन सामाग्रीहरू उपलब्ध नभएको तथा भएका सामाग्रीहरू पनि सिमित ठाउँमा मात्र रहेको, साङ्केतिक भाषामा सिमित सङ्केतहरूको उपलब्धता, भएका सङ्केतहरूको बारेमा पनि पर्याप्त सचेतना नपुगेको, ब्रेल,  स्पर्श सङ्केत तथा घम् मोडेलमा आधारित सामाग्रीहरू नहुनु र अध्यापनको क्रममा त्यस्ता सामाग्रीहरूको प्रयोग नभएको, बौद्धिक, अटिजम, बहूअपाङ्गता लगायत अति–सिमान्तकृत अपाङ्गता भएका बालबालिकाहरूको सिकाई आवश्यकता र पहुँच सम्बन्धमा कुनै प्रयत्न,  अध्ययन तथा अनुसन्धान नभएको, स्याहारकर्ता, व्यक्तिगत् सहयोगी, संरक्षक आदिमा यस सम्बन्धमा आवश्यक ज्ञान र जानकारी नभएको, स्वास्थ्य सेवा र सुचनापहुँचयुक्त भौतिक संरचना नहुनु जटिल भुगोल पहुँच युक्त यातायातनभएको, सेवा प्रदायकहरूको दृष्टिकोणजन्य विभेद सेवा प्रदायकहरूलाई पहुँचयुक्त र समावेशी सेवा सम्बन्धमा सिमित ज्ञान र दक्षता पहुचयुक्त सुचना, सञ्चार र शैक्षिक सामाग्री नभएको छ ।
मुख्य चुनौतीहरू :
शिक्षकहरूमा अपाङ्गतामैत्री शिक्षण सिपको अभाव, सिमित शैक्षिक तथा शिक्षण सिकाई सामाग्रीहरूउपलब्ध, बौद्धिक तथा अटिजम भएका बालबालिकाहरूलाई यी विषयहरूको ज्ञान तथा सिप विकास गराउनको लागी पाठ्यक्रम अनुकूलन नगराइएको र कुनै सन्दर्भ सामाग्रीहरू नभएको, अभिभावक सचेतनाको कमी बृहत् यौनिकता शिक्षाका तत्वहरू र अपाङ्गता सम्बन्धी वैज्ञानिक अध्ययन अनुसन्धान नभएको, विद्यमान सामाजिक गलत मूल्य मान्यता अपाङ्गताप्रतीको साँघुरो दृष्टिकोण केहि प्रतिनिधीमुलक आवाजहरू मेरो बच्चाले पनि आफूलाई अरू कसैले नराम्रो गरिरहेको कुरा थाहा पाइदिए हुन्थ्यो जस्तो लाग्छ ।
बौद्धिक अपाङ्गताको अभिभावक मेरो बच्चाले सिकाउँदा सिक्छ तर उस्लाई निरन्तर सम्झाइराख्नु पर्छ, अरूले नभनेसम्म केहि गर्नै सक्दैन– बौद्धिक अपाङ्गता भएका बालिकाको अबिभावक म चाहन्छु कि मेरो छोरीले असल या गलत छुवाई के हो भनेर छुट्याउन सकोस– अटिजम अपाङ्गता भएका छोरीको अभिभावक बौद्धिक अपाङ्गता भएको एउटा बच्चालाई सार्वजनिकस्थलमा अरू केटाहरूले उस्को यौन अङ्ग देखाउँदै उस्लाई गिज्याइरहन्छ र उस्लाई हाँसोको पात्र बनाउँछन । त्यो बच्चालाई आफू हिङ्सामा रहेको कुरा थाहा नै छैन– विशेष शिक्षक यौनिक इच्छालाई नियन्त्रण गर्न अटिजम भएको एक किशोरलाई हस्तमैथुन गर्न सिकाउँदा उस्ले सार्वजनिकस्थलमा पनि हस्तमैथुन गर्न थाल्यो  ।
अन्तरकृया कार्यक्रममा साझा गरिएको छात्रावासमा बस्ने एक दृष्टीविहिन किशोरीलाई प्याड लगाउन सिकाइएको त हुन्छ तर उस्लाई महिनावारी स्वच्छताको बारेमा व्यवहारिक ज्ञान र सिप कमै मात्र हुन्छ– दृष्टिविहिन किशोरीसाङ्केतिक भाषामा निकै थोरै मात्र शब्दहरू बनेका छन् , जसले गर्दा यस विषयका धेरै कुराहरू बहिरा व्यक्तीलाई बुजाउन निकै कठिन हुने गर्दछ– बहिरा  बालबालिकाको शिक्षकमेरो शारीरिक अवस्थाको कारण महिनावारीको समयमा मलाई निकै कठिन हुने गर्दछ । महिनावारी स्वच्छता र किशोरावस्थामा आउने परिवर्तनको बारेमा थाहा नहुँदा म किशोरी हुँदा निकै मानसिक तनाबको सामना गर्नुपर्यो । शिक्षक, डाक्टर आदी छिटोछिटो बोल्नु हुन्छ जसले गर्दा उहाँहरूले भनेको कुरा म राम्रोसँग सुन्न र बुझ्न नै सक्दिनँ । त्यसकारण, म धेरै महत्वपुर्ण कुराहरू सिक्न र बुझ्नबाट वञ्चित छु । – सुस्तश्रवण किशोरी
अपागता र मिडियाको भूमिका:
प्रतिनिधित्वको अभावः अपाङ्गता भएका व्यक्तिहरूको सवाल मिडियामा उचित प्रतिनिधित्व हुँदैन । जब मिडियामा अपाङ्गता सम्बन्धी कथा प्रस्तुत गरिन्छ, ती प्रायः दया वा नकारात्मक दृष्टिकोणबाट देखाइन्छ । पहुंच र समावेशिताः अपाङ्गता भएका व्यक्तिहरूले मिडिया सामग्री पहुँच गर्न कठिनाइ अनुभव गर्न सक्छन् । टेलिभिजन कार्यक्रमहरूमा सबटाइटल वा साइन भाषा अनुवादको कमी, वेबसाइटहरूमा पहुँचयोग्य सामग्रीको अभाव, र रेडियो कार्यक्रमहरूमा स्पष्ट वर्णनात्मक सामग्रीको कमीले समस्या उत्पन्न गर्छ ।
सकारात्मक र यथार्थपरक प्रस्तुतिः अपाङ्गता भएका व्यक्तिहरूको संघर्ष र सफलताहरूलाई सकारात्मक र यथार्थपरक रूपमा प्रस्तुत गर्नुपर्छ । अपाङ्गता भएका व्यक्तिहरूलाई सक्षम, सशक्त र आत्मनिर्भर व्यक्ति रूपमा चित्रण गर्नुपर्छ ।
जागरूकता र शिक्षणः मिडियाले अपाङ्गता सम्बन्धी मुद्दाहरूमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सेवा, र अवसरहरूको बारेमा जानकारी दिन मिडियाले ठोस प्रयास गर्नुपर्छ ।
समावेशी नीति र अभ्यासः मिडिया संस्थाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार दिन र उनीहरूका लागि समावेशी कार्य वातावरण निर्माण गर्नुपर्छ । यसले न केवल मिडियामा विविधता ल्याउँछ, तर अपाङ्गता भएका व्यक्तिहरूको दृष्टिकोणलाई पनि समावेश गर्छ ।
पारदर्शिता र उत्तरदायित्वः मिडियाले आफ्नो सामग्री र नीतिहरूमा पारदर्शिता राख्नुपर्छ। अपाङ्गता सम्बन्धी मुद्दाहरूमा गलत सूचना दिनुहुन्न र कुनै पनि प्रकारको भेदभाव गर्न नहुने कुरामा उत्तरदायी हुनुपर्छ ।
प्रमुख सवालहरू
अपाङ्गता भएका बालबालिकाहरूको शिक्षा (बृहत् यौनिकता शिक्षामा) मा पहुँचको अवस्था अपाङ्गता भएका किशोरी र महिलाबिरुद्ध हुने हिङ्सा बौद्धिक, अटिजम तथा अन्य अपाङ्गता भएका किशोरी र महिलाहरूको अवस्था अपाङ्गता भएका व्यक्तीहरूको यौन तथा प्रजनन् स्वास्थ्य सेवामा पहुँचको अवस्था अपाङ्गतामैत्री स्वास्थ्य तथा सहायक सामाग्रीहरूको उपलब्धता बृहत् यौनिकता शिक्षा र  यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुचना, सञ्चार तथा शैक्षिक सामाग्री पहुँचयुक्त ढाँचामा उपलब्धताको अवस्था बृहत् यौनिकता शिक्षा सम्बन्धी विद्यालय पाठ्यक्रममा अपाङ्गता भएका बालबालिकाहरूको पहुँचको अवस्था विद्यमान भौतिक, सामाजिक तथा सञ्चारजन्य अवरोधको कारण अपाङ्गता भएका व्यक्तीहरूले सामना गर्नुपरेका समस्या र चुनौतीहरू
अपाङ्गताका सवालहरूलाई मूलप्रवाहिकरण गर्न मिडियाले खेल्न सक्ने भूमिका र क्षेत्रहरू
 अध्ययन र रिपोर्टिङ शफलताका कथाहरू प्रस्फुटन घठना अध्ययन सम्प्रेषण नीति संवाद् अपाङ्गतासँग सम्बन्धित ब्लग-विचार-पाठक प्रतिकृयालाई प्रमुख प्राथमिकता पहुँचयुक्ततामा सुधार प्रत्यक्ष साझेदारी
अबको बाटो अपाङ्गताप्रती मिडियाहरूको समबुझाई अपाङ्गता भएका व्यक्तीहरूको संस्थाहरू र मिडियाबिच प्रत्यक्ष साझेदारी र समन्वय अपाङ्गताका सवालहरूलाई मिडियामा उचित प्राथमिकता मर्यादित शब्दावली र अधिकारमुखि अवधारणालाई प्रवर्धन
शिक्षा र तालिमः
मिडिया कर्मीहरूलाई अपाङ्गता सम्बन्धी मुद्दाहरूमा सचेतना र संवेदनशीलता प्रदान गर्न तालिम दिनु आवश्यक छ। यसले गलत धारणाहरूलाई हटाउन मद्दत गर्दछ ।
सम्प्रेषण पहुँच सुधारः
टेलिभिजन, रेडियो, र अनलाइन सामग्रीहरू पहुँचयोग्य बनाउन सबटाइटल, साइन भाषा अनुवाद, र वर्णनात्मक अडियोहरू थप्नुपर्छ। वेबसाइटहरूलाई पहुँचयोग्य बनाउन गाईडलाईन बनाई र  पालन गर्नुपर्छ ।
सकारात्मक कथा प्रस्तुत गर्नुः
अपाङ्गता भएका व्यक्तिहरूको संघर्ष र सफलताहरूलाई सकारात्मक रूपमा प्रस्तुत गर्नुपर्छ । उनीहरूलाई सक्षम, सशक्त, र आत्मनिर्भर व्यक्तिको रूपमा चित्रण गर्नुपर्छ ।
जनचेतना अभियानहरूः
अपाङ्गता सम्बन्धी मुद्दाहरूमा जनचेतना फैलाउन मिडियाले जनचेतना अभियानहरू सञ्चालन गर्नुपर्छ । यसले समाजमा सकारात्मक सोच र समावेशी दृष्टिकोण निर्माण गर्न मद्दत पु¥याउँछ।
सरकारी सहयोग र नीतिगत समर्थनः
सरकारले अपाङ्गता सम्बन्धी मुद्दाहरूमा मिडिया संस्थाहरूलाई सहयोग र समर्थन गर्नुपर्छ । यसमा वित्तीय सहयोग, कानूनी समर्थन, र नीतिगत प्रोत्साहनहरू समावेश हुन सक्छ ।