कृषिसम्बन्धि सम्झौताबाट फाइदा लिनुपर्नेमा जोड



काठमाडौँ।

कृषि क्षेत्रमा नेपाल पक्ष भएर गरिएका अन्तराष्ट्रिय सन्धि संझौतामा भएका प्रतिवद्धताहरुको कार्यान्वयनको अवस्थाका बारेमा राष्ट्रिय किसान आयोगले गम्भिर छलफल गरेको छ ।

नेपालले कृषि क्षेत्रमा पक्ष राष्ट्र भएर गरेका सन्धि संझौताले फाइदा भन्दा बढी बेफाइदा भएको र पक्ष राष्ट्र भएर गरेका कतिपय सन्धि महासन्धिबाट फाइदा लिने ठाउँ भएपनि त्यसो हुन नसकेकोमा सहभागीहरुले गम्भिर ध्यानाकर्षण गराएका थिए ।

नेपाल पक्ष राष्ट्र भएर गरेका सन्धि तथा महासन्धिका बारेमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका बरिष्ठ कृषि अर्थ बिज्ञ डालप्रसाद पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालले हाल सम्म गरेका सन्धि संझौता र त्यसको कार्यान्वयको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

राष्ट्रिय किसान आयोगका सदस्यसचिव डा. रामनन्दन तिवारीले सहजिकरण गरेको उक्त कार्यक्रममा कृषि अर्थ बिज्ञ प्राडा देवेन्द्र गौचनले कृषि क्षेत्रमा नेपाल पक्ष भएर गरिएका अन्तराष्ट्रिय सन्धि संझौता प्रतिवद्धता, अवस्था, समस्या– चुनौती र कार्यान्वयनमा आगामी बाटोको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले नेपालले गरेका प्रतिवद्धाको अवस्था हेर्दा निरासाजनक रहनु मुलुकालागि नै लज्जाको बिषय भएको सहभागीहरुले टिप्पणी गरेका थिए ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम दंगाल, सदस्यहरु टेकबहादुर बोगटी, जिवन्ती पौडेल, मन्जु् धिमाल र कृषि तथा पशुपन्छी मन्त्रालय अन्र्तगतका बिभिन्न बिभागका बिभागिय प्रमुखहरुले यस्ता अन्तराष्ट्रिय सन्धि संझौताबाट फाइदा लिनु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्