नेकपा (एमाले) प्यूठानको अधिवेशन : अध्यक्ष, उपाध्यक्ष र उप-सचिवमा चुनाव हुँदै



प्यूठान । 

नेकपा (एमाले) प्यूठानको अध्यक्षसहित ३ पदका लागि निर्वाचन हुने भएको छ । निर्वाचन कमिटीका अनुसार अध्यक्ष, उपाध्यक्ष र उप–सचिव पदमा निर्वाचन हुने भएको हो ।

अध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । हालका वर्तमान अध्यक्ष  विजय बिराज विष्ट, प्रदेश सदस्य मधुर शर्मा र पूर्व प्रदेश सदस्य अजय सिंहले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी उपाध्यक्ष पदका लागि पनि ३ जनाकै उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि माधव शर्मा, नेगन सिंह कवर र श्याम थापाले उम्मेदवारी दिएका छन् ।
उप–सचिव पदका लागि हीरामणि भण्डारी, बालाजु श्रेष्ठ र रामचन्द्र केसीको उम्मेदवारी परेको छ ।

निर्वाचन कमिटीले बिहानैदेखि मतदानको तयारी थालेको जनाएको छ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने गरी  तयारी भइरहेको कमिटीले जनाएको छ ।

सचिव र उप–सचिव सर्वसम्मत

पदाधिकारीमा सचिव इन्द्रमणी पोख्रेल र समावेशी उप–सचिवमा इश्वरा आचार्यको नाम सर्वसम्मत भएको छ । त्यसैगरी ९ वटै पालिकाबाट जिल्ला कमिटी सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

८९ सदस्यीय जिल्ला कमिटी हुने व्यवस्था रहेको छ । जिल्ला कमिटी सदस्यमा ४ महिलासहित १२ जना दलित, ४ महिलासहित १३ जना युवा, ९ महिला सहित २७ जना भूगोल तर्फ र १२ महिला सहित २९ जना सदस्यताको आधारमा पालिकाबाट जिल्ला कमिटी सदस्य चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्