मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “स्काइवाक टावर” मा विशेष छुट



काठमाडौँ। 

मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लि. सँग व्यवसायिक सम्झौता गरेको छ।  बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा प्रदान गर्न  काठमाडौंकोे कमलादीमा रहेको “स्काइवाक टावर” उक्त संस्थासंग  व्यवसायिक सम्झौता गरेको हो ।

 सम्झौता पश्चात मुक्तिनाथ यस  बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० % सम्म छुट  प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङ्ग द्धारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी भिजा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएमबाट पनि निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।  त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि: ९८०१११००२२, कर्जा सेवाको लागि: ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ

प्रतिक्रिया दिनुहोस्