पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौं ।

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खसेपछि दमौली–डुम्रे खण्ड अवरुद्ध भएको हो।

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त खण्ड राति १२ बजेदेखि सञ्चालनमा आए पनि आज बिहान पुनः पहिरो खसेपछि अवरुद्ध छ। पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्