बंगलादेश सांसदको हत्याका आरोपी काठमाडौँमा पक्राउ



काठमाडौं ।

भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ ।

नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार सियामको पक्राउ पछि सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल शुरु गरको छ ।

भारत उपचार गर्न पुगेका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल मे १३ देखि सम्पर्क विहीन भएका थिए। पछि उनी कोलकातामा मृत फेला परेका थिए । उनको शव टुक्रा टुक्रा गरेर तालमा फालिएको अनुसन्धानमा खुलेको थियो ।

बंगलादेशी सञ्चारमाध्यमहरुमा पनि उनी काठमाडौंबाट पक्राउ परेको उल्लेख गरिएको छ । उनको हत्यालाई सुन तस्करीसँग समेत जोडेर हेरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्