कर्णालीलाई पोखरा सेभेन्स उपाधि



कास्की ।

कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ। शनिबार कास्कीको पोखरा रंगशालामा भएको फाइनलमा नेपाल आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले उपाधि जितेको हो। कर्णाली प्रदेश टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता आर्मीले ३० हजार रुपैयाँ हासिल गर्‍यो।

तेस्रो स्थानका लागि भएको खेलमा नेपाल एपीएफले बागमती प्रदेशलाई १०–७ ले हरायो । यो जितसँगैं एपीएफले २० हजार रुपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा सात प्रदेशसहित विभागबाट आर्मी र एपीएफ गरी १० टोलीले सहभागीता गरेका थिए। खेलकुदमार्फत पयर्टन क्षेत्रको विकास गर्ने उद्धेश्यका साथ पोखरा महानगरले यस प्रतियोगिताको आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्