उदयपुर ।
सशस्त्र प्रहरीले उदयपुरबाट २ सय ८० किलो गाँजा बरामद गरेको छ। आइतबार बिहान उदयपुरको बेलका नगरपालिका-८ सिसौलिघाटबाट सशस्त्र प्रहरीले करिब २ सय ८० किलो गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेलकाले एरिया गस्ती गर्दै जाने क्रममा विशेष सूचनाको आधारमा सिसौली घाटको जङ्गलमा ६ वटा बोरामा लुकाइ छिपाइ राखेको अवस्थामा करिब २ सय ८० किलो गाँजा , २ थान ट्युब र सानो ठेला गडा १ थान समेत बरामद भएको हो।
सो गाँजा ट्युबसहित भएकोले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशङ्का गरिएको छ। बरामद गाँजा र अन्य सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।











प्रतिक्रिया