टी-२० विश्वकप आजदेखि: पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै



काठमाडौं ।

आईसीसी टी-२० विश्वकप आजदेखि भएको छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन्। यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन् । आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल भइरहेको छ।

डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ गरिरहेको छ। त्यस्तै दोस्रो खेलमा वेस्ट इण्डिज र पीएनजी खेल्दै छन्। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति ८ : १५ बजेदेखि सुरु हुने छ।

यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदै छन्। २० टिमलाई हरेकमा ५ देशलाई राखेर ४ समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि हरेक टिमका शीर्ष २ देश सुपर ८ मा पुग्ने छन्।

समूह ए मा अमेरिका, क्यानडा, भारत, पाकिस्तान र आयरल्याण्ड रहेका छन्। त्यस्तै समूह बी मा अस्ट्रेलिया, इङल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड रहेका छन्। त्यसै गरी समूह सी मा वेस्ट इण्डिज, अफगानिस्तान, न्यूजील्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् भने समूह डी मा नेपाल, बङ्गलादेश, नेदरल्याण्डस, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन्।

प्रतिक्रिया दिनुहोस्