सिट्रोनले नेपाली बजारमा ई-सी3 साइन सार्वजनिक गर्दै



काठमाडौं। 

 नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्राइभेट लिमिटेडले ई-सी3 लाइन अपको प्रिमियम मोडल  ई-सी3 साइन नेपालमा सार्वजनिक गर्दैछ ।

नेपाली बजारमा चाँडै आउने यो नयाँ भेरियन्टले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यका साथ धेरै परिष्कृत सुविधाहरू समेटेको कम्पनीको भनाइ  छ।

उच्च प्रविधि र परिष्कृत सुविधाहरूले सुसज्जित सिनट्रोन  ई-सी3 साइन,कार उत्साहीहरूका लागि उपयुक्त विकल्प हुनेछ जसले स्टाइल र फिचर दुवैलाई महत्त्व दिने कम्पनीको विश्वास छ।

 यसमा थपिएका अगाडि र पछाडिको स्किड प्लेटहरू, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर ¥याप्ड स्टेयरिङ ह्वील, एलोय ह्वीलहरू, र इलेक्ट्रिकल ओआरभीएमहरू जस्ता नयाँ सुविधाहरु सबैलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

सिट्रोनको  ई-सी3 शाइनले विद्युतीय गाडीहरुको गतिशीलतालाई नेपाली बजारमा थप पहुँच योग्य बनाउँदै विशिष्ट अनुभव प्रदान गर्नेछ ।
नेपालमा चाँडै सार्वजनिक हुन लागेको नयाँ  ई-सी3 साइनसँग नवप्रवर्तन, आराम र किफायतीताको उत्तम मिश्रणको अनुभव लिन सकिने कम्पनीको  भनाइ छ।

प्रतिक्रिया दिनुहोस्