लागु औषधसहित दुईजना पक्राउ



उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहिबार दुई जनालाई त्रियुगा नगरपालिका ६ लालपत्ताबाट ४सय ११ एम्पुल लागु औषधसहित पक्राउ गरेको शुक्रबार जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार त्रियुगा नपा ६ लालपत्तास्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्लातर्फबाट उदयपुरको गाईघाटतिर आउँदै गरेको बा ९७ प ९५१२ नं को मोटरसाइकलमा सवार भएका उदयपुर त्रियुगा नगरपालिका वडा न ११ बस्ने बर्ष २८ को अमर बहादुर कार्की र ऐ. १२ बस्ने बर्ष २१ को चन्द्र बहादुर कार्कीलाई पक्राउ गरिएको हो ।

चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट डाइजोपाम १३७ एम्पुल र बुप्रिनोर्फिन १३८ एम्पुल र फेनार्गन १३६ एम्पुल, गरी जम्मा ४११ एम्पुल लागू औषध बरामद गरी निजहरु दुवै जनालाई लागू औषध सहित पक्राउ गरी सम्मानित उदयपुर जिल्ला अदालतबाट शुक्रबार १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्