फोहर खोज्न विकास र अनिषा च्याम्पियन



हेटौंडा ।

 विश्व वातावरण दिवस २०८१ को अवसरमा टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत ‘फोहोर खोज चुनौती’ प्रतियोगिता भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१०, फरेष्ट्री गेटदेखि शुरु भएको कार्यक्रम हेटौंडा–१०, बसपार्कमा समापन गरिएको थियो । कार्यक्रमबाट १ हजार केजी भन्दा बढी प्लास्टिकजन्य फोहोर संकलन गरिएको छ ।

कार्यक्रममा विकास मगर-अनिषा रानामगरको समूह प्रथम, राजकुमार सापकोटा-रिना सापकोटाको समूह द्वितीय, अरुणा भण्डारी÷प्रमिला चालिसेको समूह तृतीय, सञ्जय सिग्देल-निश्चल भट्टको समूह र स्तोत्र लामिछाने÷मन्दीप हुमागाईंको समूह सान्त्वना भएका छन् । विजयी समूहले क्रमशः १० हजार, ५ हजार, ३ हजार र २ हजार पुरस्कार र प्रमाणपत्र विश्व वातावरण दिवसको दिन जेठ २३ गते पाउनेछन् ।

कार्यक्रम टोलविकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपलिका वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इञ्जिनियर चन्दा खड्का, नगर समन्वय समिति उपाध्यक्ष सति न्यौपाने, महासचिव शिवहरि दाहाल, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव एवम् कार्यक्रम संयोजक चन्द्रावती पनेरुलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्