रौतहटमा हावाहुरीले घरको छाना उडायो, दर्जनौँ विद्युत् पोल ढले



रौतहट ।

 रौतहटमा  विहीबार साझँ आएको  हावाहुरीले कैयौँ घरको छाना उडाएर लाखौँ बराबरको क्षति भएको छ। चन्द्रपुर केन्द्रित हावा हुरीले कैयौँ ठाउँको दर्जनौँ विधुत पोल ढलेर विभिन्न ठाउँको विद्युत् अवरुद्ध भएको छ । हावा हुरीले चन्द्रपुर नगरपालिका ६ स्थित सत्यनारायण भगतको घरको इलबेष्टरको छाना उडाउँदा ८ लाख बराबरको क्षति भएको छ।

त्यसैगरी वडा ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामाबिनय यादव, वडा ६ का भिमाबिर पहरी,४ का सुन्तली पहरी, का धर्मेन्द्र माझी, रामवीर माझी लगायतको घरको छाना उडाएर २० लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

चन्द्रपुरमा ५० भन्दा बढी विद्युत् पोल ढलेको छ । हावा हुरीले  दर्जनौँ बिजुलीको पोलका भाचिनुका साथै एउटा २०० केवीको ट्रानसफर्मरमा क्षति पुगेको छ। विद्युत् पोल ट्रानफर्मार र अन्य उपकरण समेत गरि ३० लाख भन्दा बढीको क्षति भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताएका छन। हावाहुरीले गरेको क्षति बारे अनुगमन तथा भाँचेको पोल गाड्ने काम भईरहेको कारण चन्द्रपुरको अधिकांश स्थानमा विद्युत् अवरुद्ध भएको प्रमुख यादवले जानकारी दिएका छन्।

त्यसैगरी हावाहुरीले कटहरिया स्थित एउटा ११ केविको पोल ढलेको छ। हावाहुरीले फलफूल तथा अन्नबालीमा समेत क्षति पुराउँदा  किसानहरु मर्कामा परेका छन् । बिहीबार साँझको हावा हुरीले जिल्लाको अन्य स्थानमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

-सञ्जय मिश्रा

प्रतिक्रिया दिनुहोस्