जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ



बर्दिया ।

बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ६ सय ८५ रूपैयाँ, ३४ बुक तास र ६५ वटा कौडासहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्