बालेन्द्रविरुद्धको कारबाही अघि बढ्यो



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहविरुद्ध सडक विभागले कारबाही अघि बढाएको छ। काठमाडौं महानगरलाई पत्र लेख्दै सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले भत्काइएको सडक खण्ड २ दिनभित्र पुनस्थापना नगरे कारबाही गर्ने चेतावनी दिएको हो। सो कार्यालयले दिएको समयसीमा आज शुक्रबार सकिँदै छ।

यसअघि मेयर शाहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गर्दै सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको गेटमा एक ट्रक धुलो लगेर खन्याएपछि दुई निकायबीच टकराव शुरू भएको हो।

कार्यालयले महानगरबाट भत्काइएका सडक खण्ड २ दिनभित्र मर्मत गर्न आग्रह गरेको छ। मर्मत नभएमा सार्वजनिक सडक ऐन अनुसार कारबाही गर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्