काभ्रेमा एक दिवसीय बास्केटबल प्रतियोगिता हुने 



काभ्रे। 

काभ्रे बास्केटबल संघले एक दिवसीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।  खेलकुदको माध्यमबाट युवाहरुलाई अनुशासित, स्वस्थ शरीर र मस्तिष्कको विकास गर्न, साथै समग्र खेल क्षेत्रको उत्थान गर्ने लक्ष्यका साथ यही जेठ २६ गते प्रतियोगिताको आयोजना गर्न लगिएको संघले जनाएको छ।

प्रतियोगितामा २० भन्दा बढी टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी  टिमहरूले  खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताले खेलकुदप्रति युवाहरुको उत्साहलाई बढवा दिने र उनीहरुको क्षमता प्रदर्शनको लागि उत्कृष्ट अवसर प्रदान हुने बताइएको छ।

प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क  ३००० तोकिएको  छ। प्रतियोगितामा, विजेता टिमलाई नगद  २५००० र दोस्रो हुने टिमलाई नगद  १५००० का साथसाथै विभिन्न आकर्षक गिफ्ट भौचरहरू प्रदान गरिने भएको छ ।

 प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले समयमै दर्ता गराउन संघले अनुरोध गरेको छ। दर्ता प्रक्रिया सरल र सहज छ, र सहभागी टिमहरूले प्रतियोगिताको मिति र स्थानका बारेमा सम्पूर्ण जानकारी संघको कार्यालयबाट प्राप्त गर्न सकिने प्रेस विज्ञप्तिमा भनिएको छ।  प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ  ।

संघले विगतमा पनि थुप्रै यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्