अलार्म नेपालद्वारा इसिडि शिक्षकलाई प्रशिक्षण



  ललितपुर। 

 एकेडेमिक एण्ड लर्निङ एचिभमेन्ट थ्रोट  रियल मेनेजमेन्ट(अलार्म) नेपालले पुर्व प्राथमिक(इसिडी) तहको  तीनदिने शिक्षक तालीम सम्पन्न गरेको छ । ललितपुरका विद्यालयका पुर्वप्राथमिक तहमा अध्यापनरत शिक्षकहरूका सञ्चालन भएको तालिममा कीर्तिपुर, ललितपुर र काठमाडौका  ४५ विद्यालयका १ सय ८० शिक्षकको सहभागिता रहेको थियो ।

  १५ देखि सञ्चालिन भएको तालिम आज सम्पन्न भएको हो । ‘गुणस्तरीय शिक्षाको आधार, इसिडि कक्षामा सुधार’ भन्ने मुलनारा रहेको तालिममा विद्यालयको शैक्षिक पद्धतीमा सुधार गर्न साथै शिक्षकहरूको क्षमता अभिवृद्धि गराउने विषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रमको बारेमा जानकारी गराउँदै अलार्म नेपालका अध्यक्ष कन्हैया सिंह कुँवरले विद्यालयहरुमा इसिडी कक्षाको शैक्षिक गुणस्तर उकास्न र  विद्यार्थीलाई  सकारात्मक प्रतिस्पर्धात्मक भावनाको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले सिकेका विषयलाई आफ्नो कक्षाकोठामा व्यवहारिक रुपमा लागू  गराउन आग्रह गरे ।

 उनले भने–‘शिक्षक र अभिभावकको क्षमता अभिवृद्धि गर्न अभिभावक लक्षित कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आईरहेका छौ । अलार्म नेपालका सचिव गोविन्द अधिकारीले तालिम कार्यक्रमले सहभागी विद्यालयले आ–आफ्नो विद्यालयको नानिबाबुहरू शैक्षिक गुणस्तर उकास्न टेवा पुग्ने बताए । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय प्याब्सनका उपाध्यक्ष आशिस श्रेष्ठले कक्षाकोठामा प्रवेश गर्ने शिक्षक विद्यालयको प्रमुख खम्बा भएको बताए ।

उनले भने–इसिडि कक्षाको स्तरउन्नतीको लागि प्याब्सन निरन्तर लागिरहने छ तपाईहरुको सहयोगको अपेक्षा लिएका छौ । सामुदायीक विद्यालयका शिक्षकलाई समेत बोलाएर गरेको प्रयत्न प्रशंसनीय रहेको बताए । सबै बच्चा तिक्ष्ण जस्तै लाग्छ, पढाउदंै जादा कतिपय कुरा ग्रहण गर्न नसकेको जस्तो लाग्छ उनीहरुलाई मेथड प्रयोग गरेर सबै विद्यार्थीलाई समान किसिमको बनाउनुपर्छ ।

मेहेनत गरेर नयाँ टुल्स प्रयोग गरेर तालिम दिंदा  थप व्यवस्थित हुने उनको धारणा थियो । उनले प्याब्स्नले अब पाठ्यक्रमको विषयमा गहन भएर लाग्ने बताए । हाम्रो टुल्स एउटा किताब नै हौ , त्यसलाई कसरी राम्रो गर्ने भन्ने विषयमा प्याब्सनले ध्यान दिइरहेको उनले  बताए  ।

यस्ता कार्यक्रमले राज्यको शैक्षिक स्तर उकास्न टेवा पुग्ने हुँदा यस्ता कार्यक्रम आजको आवश्यकता भएको समेत जानकारी गराएका छन् । अभ्यास नेपालको  सहयोगमा सञ्चालन भएको कार्यक्रममा अलार्म नेपालका उपाध्यक्ष अर्जुन महर्जनले छोटो समयमा संस्थाले दर्जनौँ शिक्षकलाई तालिम दिएको बताए । शिक्षकलाई अर्चना भण्डारी र श्रद्धा लामा शाक्यले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्