चट्याङ लागेर एकको मृत्यु, सडक अवरुद्ध

26.51k
Shares

उदयपुर ।

बुधबार दिउसो हावाहुरी सहित पानी परेको समयमा परेको चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नाउव उपरिक्षक राजन चापागाईले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं १४ साउने घर भएका ५६ वर्षीय सर्वधन राईको चट्याङ लागेर मृत्यु भएको हो ।

दिउसो ३ बजेको समयमा अकस्मात हावाहुरी र पानीसहित चट्याङ पर्दा मृतक राई घरमा नै थिए । घरमा जोडेको विद्युतीय तारमा चट्याङ परेर घरमा बसिरहेका राईलाई समेत असर गरेपछि तत्कालै उनको रमृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिका वडा नं १४ का वडाध्यक्ष हिमराज मगरले दिएको जानकारी अनुसार सर्वधन राईको घरमा जोडेको विद्युतीय मिटर बक्समा चट्याङले हानेर धोस्त भएको र घरको भित्ता समेत चर्किएको छ । सगरमाथा लोकमार्ग नजिक उनको घर रहेको र हावाहुर िवानी परेकै समयमा चट्याङ परेको हुँदा घर बाहिर बसिरहेका राईलाई लागेको थियो ।

सोही समयमा साउनेबाट धापलाङतिर् जाने सडक किनारमा रहेको ठूलो बरको रुखमा पनि चट्याङ परेर रुख चिरा परेर ढल्दा सडक नै अवरुद्ध भएको वडाध्यक्ष मगरले बताए । सडकमा रुख डलेर तेर्सिएपछि साउनेबाट सुनकोशी किनारको धापलाङ जाने मुख्य सडक नै अवरुद्ध भएको उनले बताए ।