सुर्खेत जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ४ पुग्यो

3.48k
Shares

सुर्खेत ।

सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ।

मृत्यु हुनेमा कालीकोट शुभकालिका–३ भर्ताका ४५ वर्षका तन्त बिक, उनका २१ वर्षका छोरा बिरेन्द्र बिक, २७ वर्षका नमराज बिक रहेका छन्। त्यस्तै ३४ वर्षीय महेन्द्र शाहीको पनि दुर्घटनामा परी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बिहीबार बिहान भे१च २५६० नम्बरको जिप दुर्घटना भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा छ जना सवार थिए।

दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ।