दीपिका एक सय कलाकारको सूचीको पहिलो स्थानमा

252
Shares

काठमाडौं ।

बलिउड अभिनेत्री दीपिका पादुकोणका लागि यो वर्ष निकै फलदायी भइरहेको छ। यसै वर्ष आमा बन्न लागेकी उनको हातमा केहि राम्रा फिल्म परेका छन् भने उनको कल्की २८९८ एडी, सिंघम अगेनजस्ता फिल्म हलमा आउँदैछन्।

कल्की साइन्स फिक्सन एक्सन फिल्म हो। यसमा उनी महिला प्रहरी शक्ति शेट्टीको भूमिकामा देखिँदैंछिन्। फिल्ममा अजय देवगण र दीपिका पदुकोणबाहेक अर्जुन कपुर, रणवीर सिंह र टाइगर श्राफ पनि महत्वपूर्ण भूमिकामा देख्न पाइनेछ।

यसको साथै उनी हालै आइएमबिडी अर्थात् इन्टरनेट मुभी डाटाबेसले सार्वजनिक गरेको सर्वाधिक लोकप्रिय भारतीय स्टारको सूचीको पहिलो स्थानमा परेकी छन्। आई एम बिडीले निकालेको सन् २०१४ देखि २०२४ सम्मका उत्कृष्ट एक सय कलाकारको सूचीको पहिलो स्थानमा परेर उनले बलिउडका तीन खानहरूलाई समेत पछाडि पारेकी छन्।

लोकप्रियताका आधारमा यस दशकमा तीन खान भने सूचीको शीर्ष १० मा पर्न सफल भएका छन्। दोस्रो स्थानमा बलिउड बादशाह शाहरुख खान परेका छन्। त्यसैगरी तेस्रो स्थानमा ऐश्वर्या राय बच्चन, चौथो स्थानमा आलिया भट्ट, पाँचौं स्थानमा अभिनेता स्व. इरफान खान, छैटौँ स्थानमा आमिर खान छन्।

सातौं स्थानमा भने अभिनेता स्व. सुशान्तसिंह राजपूत पर्दा आठौं स्थानको नाम सलमान खानको रहेको छ। ऋतिक रोशन र अक्षयकुमार भने क्रमश नवौं र दशौं स्थानमा छन्। आईएमडीबीले विश्वभर पेज भ्यूका आधारमा फिल्म, टेलिफिल्म,अभिनेता अभिनेत्री, भिडियोगेम आदिको श्रेणी निर्धारण गर्ने गरेको छ।