यस्तो छ तपाईंको आजकाे राशिफल

854
Shares

मेष : समय राम्रो छ। समयको सदुपयोग गर्न नसके समस्या हुनसक्छ। पूर्व योजना सफल बन्नेछन्। लगानीका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृष : समय रमाइलो छ। साथीको सकारात्मक साथ प्राप्त हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। प्राविधिक शिक्षामा उन्नति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको सहकार्य फलदायी हुनेछ।

मिथुन : धन भन्दा मान कमाउने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। ठुला मान्छेको सहयोग लिएमा काम सफल हुनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। लगानीको अवसर प्राप्त भएमा अगाडि बढ्ने उपयुक्त समय आएको छ।

कर्कट : चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ। सामाजिक कामको आलोचना हुनेछ। विदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : समय राम्रो छ। परिवारसँगको सहकार्यले योजना सफल हुनेछन्। श्रम र लगानी भएमा शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

कन्या : दिन राम्रो छ। भौतिक सुख र सुविधामा मन जानेछ। शिक्षामा गरेको लगानीबाट प्रतिफल राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट सुधारका सकारात्मक संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा उत्साह बढ्नेछ। समाजमा सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ। खानपानमा भने विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

वृश्चिक : चुनौतीको सामना गर्नुपर्ने समय आएको छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। दुई पांग्रे सवारी साधनमा यात्रा गर्दा सचेत हुनुपर्ने देखिन्छ।

धनु : नयाँ योजनाले दीर्घकालसम्म काम गर्ने देखिन्छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको लगानीले उत्साह थप्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : धन बढाउने दिन छ। व्यापारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा झगडा हुने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : ग्रहको फल अनुसार आजको दैनिकी चल्नेछ। शनिदेव सकारात्मक भए ठुलो उन्नति हुनेछ। तपाईंको जन्म कुण्डली हेरेर मात्र भविष्यवाणी गर्न सकिन्छ। परिवारले भने सहयोग गर्ने देखिन्छ।

मीन : दैनिकी राम्रो छ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। आर्थिक उन्नति हुने योग छ। साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ। परिवारको सिर्जनात्मक साथ र सहयोग प्राप्त होला।