बजेट भाषणकाे समय सर्‍यो, ३ बजे संयुक्त बैठक बस्ने

2.07k
Shares

काठमाडौं ।

बजेट भाषण हुने संसद्को संयुक्त बैठक २ घण्टा सारिएको छ। यस अघि आज दिउँसो १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै छ।  संसद् बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसद्मा बजेट भाषण हुने छ। सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुङ्गाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो।

सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरूले आज समितिमा बस्ने नेताहरूको नाम बुझाउने छन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर कार्यादेशमा भएको सहमति अनुमोदन गरेको छ र तीन बजेसम्म संसदीय समितिमा बस्नेको नाम दिने बताएको छ। आजै बजेट भाषणपछि बस्ने प्रतिनिधि सभाको बैठकले संसदीय छानबिन समिति गठन गर्ने छ ।