कार्यदलसहित शीर्ष नेताबीचको सहमति कांग्रेसले गर्‍यो अनुमोदन

2.73k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले सोमबार बालुवाटारमा कार्यदलसहित शीर्ष नेताहरूबीचको बैठकमा भएको सहमति अनुमोदन गरेको छ। आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्। उनले आज कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने जानकारी दिदै आजै संसदीय छानबिन सहमति बन्ने बताए ।

उनले भने, ‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ। आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट संसदीय छानबिन समिति गठन हुन्छ। हामीले समितिमा बस्नेको नाम ३ बजेसम्ममा दिइसक्छौं।’ लेखकले कांग्रेसले उठाउदै आएको माग सम्बोधन हुने गरि संसदीय छानबिन समिति बन्ने बताए।

उनले बचतकर्ताको रकम फिर्ता हुने ग्यारेन्टी गर्ने र सहकारी ठगीमा नाम जोडिएका व्यक्तिको बारेमा छानबिन गर्ने उनले बताए। संलग्न सबै व्यक्तिको छानबिन हुने तर कार्यादेशमा व्यक्तिको नाम जोड्न आवश्यक नरहेको निष्कर्षमा कांग्रेस पुगेको उनले बताए।