गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: ओली

658
Shares

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन्। १७औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै ओलीले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैँले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा रहेको उल्लेख गरे।

‘आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ । कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौँ, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन’, ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैँ गलत छ । हामीले अधिकार पाएका छौँ । सँगसँगै कर्तव्य पनि नभुलौँ ।’