विपक्षी दलहरूको बैठक बस्दै

658
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन्। आज बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरी सभापति देउवाले प्रतिपक्षी दलहरूको बैठक बोलाएका हुन्।

आज दिउँसो १ बजे आगामी आर्थिक वर्षको बजेट ल्याउने कार्यसूची रहेकोले विपक्षी दलहरूको रणनीति तय गर्न बैठक बोलाइएको बताइएको छ।  संविधानमा नै हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने प्रावधान राखिएको छ।

सहकारी ठगी प्रकरणको छानबिनको विषयमा सहमति हुन नसकेपछि संसद्को अवरोध कायम रहेको छ। यस बैठकमा विपक्षी दलहरूले बजेटको दिन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने बताइएको छ।