काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठक बिहान ११ बजे बस्न लागेको जानकारी दिए। बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ।
नेपाली कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ। सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो।











प्रतिक्रिया