कैलाश सिरोहियासँग कुनै रिसइबी छैन : प्रधानमन्त्री

1.1k
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइबी नरहेको बताएका छन्। बुधबार बिहान चन्द्रागिरिमा भएको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइबी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए।

उनले भने, ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ। त्यो गलत कुरा हो। उहाँसँग के हो रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ। सजिलै छुट्नुहुन्छ।’