सुनसरीबाट एक सय पाँच किलो गाँजा बरामद

940
Shares

काठमाडौं ।

सुनसरीबाट करिब एक सय पाँच किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीले सोमबार साँझ ७ बजे बराहक्षेत्र नगरपालिका-५ स्थित धरान कालाबन्जारको भित्री सडक खण्डबाट गाँजा बरामद गरेको हो।

सुरक्षा बेस चतराबाट खटिएको मोबाइल गस्तीको टोलीले विशाल चोकबाट कालाबन्जारको जङ्गलतर्फ आउदैँ गरेको अटो नियन्त्रणमा लिइ जाँच गर्दा गाँजा फेला परेपछि बरामद गरेको जिल्ला प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताए।

उनका अनुसार १ ह ६७४२ नं. को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा चार वटा पोकामा प्रतिबन्धित लागू औषध गाँजा फेला परेको हो।