६ जना फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा



काठमाडौं ।

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना समेत तोकिसकेका ६ जना फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। लुटपाट, कुटपिट, लागुऔषध र जालसाजी मुद्दामा दण्ड जरिबाना समेत तोकिएर फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका-२१ बस्ने अन्दाजी ५३ की बच्चु देबी रौनियार भनिने बच्चि देवी गुप्ता, सिम्रौनगढ नगरपालिका १ बैरिया बस्ने अन्दाजी ४० वर्षीय  बटखरी राय यादव,  पचरौता नगरपालिका- ७ बेनौलीका लाल बहादुर मुखियाबिन, जितपुरसिमरा उपमहानगरपालिका-१३ बस्ने अन्दाजी वर्ष ४५ का सुरज राउत अहिर रहेका छन्।

यस्तै महागढीमाई नगरपालिका ८ बस्ने  अन्दाजी ५५ वर्षीया कंचन महारा  र   जितपुरसिमरा उपमहानगर- २१ का अन्दाजी ५५ वर्षीय अबधकिशोर रौनियार भनिने अबधकिशोर गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारा कलैयामा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्