पशुपतिनाथमा चढाइएको भेटी चोर्ने कोषका कर्मचारीसहित ८ जना पक्राउ

3.1k
Shares

काठमाडौं ।

पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठजना रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

“पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सीसी क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ,” उनले भने ।

परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए।