मुक्तिनाथ धामलाई नेवाः अर्गनाइजेशनद्वारा बुद्ध मूर्ति उपहार 

4.23k
Shares

क्यालिफोर्निया।

अमेरिकाको क्यालिफोर्नियास्थित रिचमण्डमा रहेको मुक्तिनाथ धामलाई नेवाः अर्गनाइजेशन नर्दन क्यालिफोर्निया च्याप्टरले भगवान् बुद्धको मूर्ति उपहार दिएको छ । आज (सोमबार) मुक्तिनाथ धाममा आयोजित एक समारोहमा नेवा अर्गनाइजेशनको तर्फबाट क्यालिफोर्निया च्याप्टरका अध्यक्ष मदन महर्जनले मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेलाई सो मूर्ति हस्तान्तरण गरेका हुन्। मुक्तिनाथ धामले भगवान् बुद्धको उक्त प्रतिमाको मन्दिर परिसरमा आजै पदस्थापन समेत गरेको छ ।

मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले नेवा अर्गनाइजेशन नर्दन क्यालिफोर्निया च्याण्टरप्रति आभार व्यक्त गर्दै मुक्तिनाथ धाम सबै नेपालीको साझा र पवित्र धार्मिकस्थल भएकोले हिन्दु एवं बौद्ध धर्मावलम्बीहरुले जुनसुकै उपहार पनि अर्पण गर्न सक्ने बताए । उनले मानवजीवनको मुख्य धेय नै सामाजिक कार्य भएकोले सबैको सहयोग र सेवाबाट मन्दिर स्थापना भएकोले सबैले अपनत्व लिनुपर्ने बताए ।

कार्यक्रममा मुक्तिनाथ धामका वरिष्ठ उपाध्यक्ष पशुपति कँडेल, उपाध्यक्ष दिक्याल केसीले भगवान् बुद्धको मूर्ति उपहार दिएकोमा नेवाः अर्गनाइजेशनप्रति आभार प्रकट गरेका थिए भने नेवा अर्गनाइजेशन क्यालिफोर्निया च्याण्टरका अध्यक्ष मदन महर्जनले मुक्तिनाथ धाममा भगवान् बुद्धको प्रतिमा स्थापना गर्न पाएकोमा खुसी व्यक्त गरे।

मुक्तिनाथ धामना हरेक आइतबार हुने नियमित भजनकीर्तनमा आज पनि उल्लेख्य भक्तजनको सहभागिता थियो।