एमाले बाजुराको अध्यक्षमा ओली विजयी



बाजुरा ।

नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा लाल बहादुर ओलीसहित सिङ्गो प्यानल नै विजयी भएको छ। अध्यक्षमा विजयी ओलीले २ सय १८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी भरत थापाले २ सय ३ तिन मत पाए। ओलीले थापाकाे भन्दा १५ मत बढी पाएका हुन् ।

त्यसै गरी उपाध्यक्षमा जनक बोहोरा मेघराज शाहीलाई पराजित गर्दै विजयी भए। बोहराले २सय ७४ मत ल्याए भने शाहीले एक सय २० मत प्राप्त गरे। त्यस्तै सचिवमा काशी विकले २ सय ४१ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी जनक विष्टले १ सय ७१ मत ल्याएर पराजित भए।

उपसचिवमा हरि रोकायाले २ सय ७७ मत ल्याएर निर्वाचित भएका छन् भने मान बहादुर रोकाया अर्जुनले १ सय १५ मत ल्याएर हार बेहोर्नु परेको छ। त्यसै गरी महिला उपसचिवमा राजकला सार्की २ सय ७७ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी कल्पना महतले १ सय २६ मत पाइन्। एमाले बाजुराको आठौँ जिल्ला अधिवेशनमा ४ सय २८ मत खसेका थिए।

प्रतिक्रिया दिनुहोस्