कीर्तिमान रच्दै लेभरकुसेन च्याम्पियन



एजेन्सी ।

बायर लेभरकुसनले जारी सिजन अपराजित रहँदै जर्मन बुन्डेसलिगा जित्ने कीर्तिमान बनाएको छ। बायर लेभरकुसेनले उपाधिसँगै अपराजित रहँदै जर्मन बुन्डेसलिगा २०२३–२४ सिजनको अन्त्य गरेपछि नयाँ कीर्तिमान बनाएको हो।

यसअघि बायर्न म्युनिखले सिजनमा एक खेल मात्रै हार्दै उपाधि जितेको थियो। शनिबार राति सम्पन्न सिजनको आफ्नो अन्तिम खेलमा अग्सबर्गलाई २–१ गोलअन्तरले पराजित गर्दै लेभरकुसेन अपराजित रहन सफल भएको हो।

लेभरकुसेनको जितका लागि भिक्टर बोनिफेस र रोबर्ट एन्ड्रिचले एक–एक गोल गर्दा अग्सबर्गका लागि मेर्ट कोमरले एक गोल फर्काएका थिए । यस सिजन ३४ मध्ये २८ खेल जित र ६ बराबरीको नतिजासहित जाभी ओलोन्सोको लेभरकुसनले ९० अंक जोड्यो । स्टुटगार्ड ७३ अंकसहित दोस्रो स्थानमा रह्यो।

बायर्नले ७२ अंकका साथ तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ। यससँगै लेभरकुसनले अपराजित यात्रा ५१ खेलसम्म कायम राखेको छ।

जर्मन बुन्डेसलिगा उपाधि जितिसकेको लेभरकुसनले अब डब्लिनमा हुने युरोपा लिग फाइनलमा इटालियन क्लब एट्लान्टाको सामना गर्नेछ । त्यसपछि जर्मन कप पनि खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्