राजन र सुमित्रा पहिलो

126
Shares

ललितपुर ।

पहिलो वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरी पहिला भएका छन्। दुवै विजेताले समान ५० हजार रुपैंया प्राप्त गरे।

राजनले २१.१ किलोमिटर दौड १ घण्टा १६ मिनेट ७ सेकेन्डमा पूरा गरे। खिमबहादुर खत्री १ घण्टा १७ मिनेट २४ सेकेन्डमा दोस्रो तथा धर्म महर्जन १ घण्टा १९ मिनेट ५८ सेकेन्डमा तेस्रो भए।

महिलातर्फ सुमित्राले १ घण्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन्। उनी पछि पुष्पा भण्डारीले १ घण्टा ४२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन् । मञ्जु सुनार दुई घण्टा ३ मिनेट ८ सेकेन्डको समयमा तेस्रो भइन्।

पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए। यस्तै सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डमा दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३.१ सेकेन्डमा तेस्रो भए।

महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डमा पहिलो भइन्। आशा रावत ३९ मिनेट ४.४० सेकेन्डमा दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा तेस्रो भए। पाटन दरवार स्क्वारमा आयोजित दौडमा हजार भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागिता थियो।